Agni Offset Press

पहाडी समुदायमा आज होली : रङ दल्ने र लोला हान्नेहरुलाई कारबाही हुने

Aarati simant

अत्तरिया : हिन्दु परम्परामा असत्य माथि सत्यको विजय भएको उत्सवका रुपमा मनाइने होली पर्वलाई एक महत्वपूर्ण पर्वको रुपमा लिइने गरिन्छ । पुराणमा प्रसिद्ध त्रेतायुगका भक्त प्रह्लादको जीवनलिला अस्त गर्न लागेकी उनकै फुपु होलिकाले भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्दा स्वयम् आफै आगोमा जलेर खरानी भएको र भक्त प्रह्लाद सकुशल रहेको कथासँग जोडेर यस पर्वलाई बुझ्ने गरिन्छ । त्यसै घटनाको स्मरण गरी प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमामा होलिका दहन गर्ने प्रचलन पनि रहिआएको पाइन्छ । यसरी असत्य माथि विजयको उत्सवका रुपमा खेलिने होलीमा धार्मिक, पौराणिक, ऐतिहासिक, सामाजिक, प्राकृतिक, दार्शनिक आदि थुप्रै किसिमका गाथाहरु गाउने गरिन्छ ।
वर्तमान सुदूरसपश्चिम प्रदेशमा पनि होलीलाई विशेष महत्वका साथ खेलिन्छ । पूर्णिमाको दुई दिन अघिदेखि खेलिने होलीमा विभिन्न किसिमका होली सम्बन्धी लोकगाथाहरु प्रस्तुत गरिन्छ । होली विशेष गरी सेतो पहिरनमा खेलिने गरिन्छ । यसमा मादल, ढोलक र चिम्टा र मुजुरा जस्ता वाद्ययवादनहरुका साथ होली गीत गउने गरिन्छ । होली नृत्यगेयात्मक विधा भएकाले यसमा होली गाउने मानिसहरु गोलो घेरामा गाउँदै नाच्दछन् भने बीचमा वाद्यवादन र होलीका गीत उठाउने मान्छेहरु हुने गर्दछन् । एकदुई जना होली जान्ने मान्छेछे एक चोटी एक हरफ गाउने र गोलो घेरामा लागेमा मानिसहरुले त्यसैलाई दोह¥याउने गर्दछन् । यस क्षेत्रमा होलीको सुरुवात विशेष स्थानीय देवी देवताको मन्दिरबाट सुरु गरिन्छ भने पछि गाउँघरमा हरेक मानिसको घरमा गएर होली खेल्ने चलन रहिआएको छ ।
यसै गरी होलीको महिमा र फागुन महिनामा देवताहरुले पनि आफ्ना वाद्यवादन तथा गणहरुसँग मिलेर होली खेल्ने गरेको वर्णन गरिएको होलीलाई यसरी प्रस्तुत गरिन्छ ः कति राम्रो होली फागुनमा कति राम्रो होली फागुनमा, बह्माले खेल्यो विष्णुले खेल्यो, शिवले खेल्यो आगनमा कति राम्रो होली फागुनमा लगायत माडा हाल्ने प्रचलन रहेको छ ।
होलीमा रामायण, महाभारत आदिका गाथाहरु पनि प्रस्तुत गर्ने गरिन्छ । राम वनवास गएको अवस्थामा राजपरिवारमा पालन पोषण भएकी सीता वनमा एक्लै कसरी रहिन भन्ने प्रसङ्गमा पनि होली गति रहेको पाइन्छ । राजपरिवारमा पलङ्गमा सुत्ने, जाभोग ग्रहण गर्ने सीता बनका पतिङ्गगरहरुमा, कन्दमुल खाएर कसरी बाँच्यौ भन्ने प्रश्न होली गीतमा आउने गर्दछ ।

यसै गरी ऐतिहासिक गाथाहरुलाई पनि होलीमा प्रस्तुत गनेृ गरिन्छ । भारत स्वतन्त्रताको लागि लडेका महात्मा गन्धीलाई षडयन्त्र पुर्वक मारिएको प्रसङ्गलाई पनि होलीमा यसरी प्रस्तुत गर्ने गरिन्छ । यसरी यस क्षेत्रमा थुप्रै किसिमका स्थानीय बीरहरुका गाथा, स्थानीय देवी देवताहरुका गाथा तथा विविध कृर्षि क्षेत्रका गाथाहरुलाई पनि होलीमा प्रस्तुत गरिन्छ । सुदूरपश्चिममा गाइने होली मध्ये मौलि होलीमा हरेक महिना गरिने कार्य, पर्व आदिहरुको वर्णन गर्दै त्यसैसँग जीवन दर्शनलाई समेत जोडिएको होली पनि पाइन्छ । उक्त होलीमा हरेक महिना गरिने काम जसरी चैत्रमा गहुँ जौँ आदि बालीनाली हरियो हुने र वैशाखमा काट्ने, जोठमा धानको बेर्ना उमार्ने, असारमा धान रोप्ने, श्रावणमा धान नेल्ने, भदौमा गौरा पर्व मनाइने, असोजमा धानबाली काट्ने, कार्तिकमा तिहार मनाउने, मंसिरमा गहुँ छर्ने, पुषमा अत्यन्त जाडो मौसम हुन्छ ।
होलीको अन्त्यमा जुन घरमा होली खेलिदैछ त्यो घरका मानिसहरुलाई आशिष दिने गरिन्छ । घर परिवारमा सुख शान्ति होस, सन्तान, अन्न, धन, गाईवस्तु, गोरस आदिको कमी नहोस, सबै जना दीर्घायू होऊन भनेर यसरी आशिष दिइन्छ ।
समग्रमा भन्नुपर्दा होली एक विय उत्सवको स्मरण मनाइने भए पनि यसमा ठाउँ अनुसारको लोक साहित्यको प्रस्तुति हुने गर्दछ । जसमा हाम्रो धर्म, सँस्कृति, इतिहास तथा हाम्रो मौलिकता बाँचेको हुन्छ । यसकारण यिनीहरुको संरक्षणका निम्ति लाग्नु आज हामी सबैको कर्तव्य हुन आउँछ ।
कैलाली प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ दल्ने, लोला तथा पानी छ्याप्ने अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ ।
बुधबार प्रशासकीय अधिकृत मीना जोशीले एक सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा जिल्लाबासीलाई शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल्न आग्रह गरेकी हुन् ।
‘चाडपर्व मनाउने नाममा कुनैपनि अवाच्छित गतिविधिहरु जस्तै कोही कसैको ईच्छा विपरित जथाभावी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक ठाउँहरुमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्ला बासीमा हार्दिक अपिल गर्दछ’, सूचनामा उल्लेख गरिएको छ । चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने जारी गरिएको सूचनामा भनिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.