Agni Offset Press

व्यापारिक केन्द्र बन्दै अत्तरिया

Aarati simant

अत्तरिया : कुनै समय सुनसान र डरलाग्दो जंगल रहेको अत्तरिया दुई\तीन दशकमै सुदूर मात्र होइन देशकै प्रमुख आकर्षक ब्यापारिक केन्द्रका रूपमा विकसित भएको छ । प्रदेश सरकारले अत्तरियासंँगै जोडिएको तेघरीमा राजधानी बनाउने निर्णय गरेपछि अत्तरिया पछिल्ला पांँच वर्षमा झनै गुल्जार भएको हो ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीभन्दा पनि बढी आकर्षणको केन्द्र बनेको अत्तरियामा पछिल्लो समय देशका विभिन्न जिल्लाबाट आएर बसोबास गर्नेको पनि ठूलो संख्या छ । पूर्वपश्चिम राजमार्ग र सुदूरका पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गको मुख्य केन्द्रमा रहेको अत्तरिया व्यापारिक रूपमा मात्र होइन बसोबासका लागि पनि सुदूरपश्चिम प्रदेशको प्रमुख आकर्षणको केन्द्र वनेको हो । ‘सडक छेउमा एक धुर जग्गाको ४५ लाख मूल्य छ’ स्थानीय अगुवा गौरीदत्त भट्टले भने ‘गत स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका बनेपछि अत्तरियाको भौतिक विकास तीव्र भएको हो ।’ १० वर्षअघिसम्म लाखमा रोपनी जग्गा पाइने यो क्षेत्रमा अहिले जग्गाको मूल्य यति अकासिएको छ कि सामान्य आयस्रोत भएका ब्यक्तिले खरिद गर्न असम्भवजस्तै भएको भट्टले बताए ।

‘अत्तरिया र म संँगसंँगै हुर्केका हौं’ ६५ वर्षीय रामचन्द्र अवस्थीले भने, ‘तीन दशकअघिको अत्तरिया र अहिलेको अत्तरियामा तुलना गर्दा पत्याउन गाह्रो हुन्छ ।’ उनका अनुसार सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र पूर्वपश्चिम राजमार्गमा यातायातका साधन बढ्न थालेसँंगै अत्तरिया पनि विस्तार हुंदै गएको हो । अवस्थी भन्छन्, ‘अहिले त अत्तरिया यो प्रदेशको मुख्य केन्द्र नै वनेको छ ।’ ‘पहाड रोडमा टिनले छाएका दुईवटा झोपडी र पूर्व सडकमा तीनवटा खरले छाएका चियापसल हुँदा अत्तरियामा वसोवास गर्न आएको हुंँ अवस्थीले भने, ‘पूर्वमा चौमाला मण्डी र पश्चिममा मालाखेती मण्डीको बीचमा रहेको अत्तरिया अत्री ऋषिको तपस्थली आश्रम भएका कारण अपभ्रंश हुंँदै अत्तरीया नामाकरण भएको हो ।’ अवस्थीले अत्तरिया आसपासका क्षेत्रमा पुरानो वसोवास रहेको बताए ।

‘पहिलो जननिर्वाचित सरकारका मन्त्री स्व शिवराज पन्तको घर रहेको क्षेत्रमा अहिले पनि अत्री ऋषिको आश्रम रहेको स्थल छ’ वन विभागका पूर्व कर्मचारी कृष्णदत्त अवस्थीले भने ‘अहिले थपना मात्र छ धेरै प्रचार प्रसार हुन सकेको छैन ।’ पश्चिममा मोहना नदी र पूर्वमा खैराना नदीको बीचमा बसेको अत्तरिया बजारमा अहिले पनि अधिकांस जमिन ऐलानी छ । साविक गेटा गाविसको तीन नम्बर वडा र साविक मालाखेती गाविसको ७ र ८ दुइ वडा रहेको अत्तरियामा ४ सय विघा जमिन मात्र लालपूर्जा भएको जमिन हो । पुराना बासिन्दा अवस्थीका अनुसार ०४६ सालसम्म केही भूभाग छोडेर सवै जंगल रहेको यो क्षेत्रमा बिस्तारै जंगल क्षेत्र अतिक्रमण हुंँदै वस्ती वस्न थालेको हो ।

‘नगरपालिका वने पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन’ अवस्थीले भने ‘उचित ढल निकास, व्यवस्थित वसोवास, शहरी र आवास क्षेत्र छुट्टयाएर भौतिक पूर्वाधारको विकास हुन नसक्दा सुन्दर देखिनुपर्ने अत्तरिया कुरुप बन्दै जान थालेको छ ।’ अत्तरियासंँगै जोडिएको तेघरी जंगलमा राजधानी राख्ने निर्णय भएपछि अतिक्रमण र जथाभावि निर्माणलाई नगरपालिकाले रोक्न सकेको छैन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.