Agni Offset Press

कैलाली सुनचाँदी व्यवसायी संघको तेस्रो साधारण सभा : व्यवसायीका समस्यामा राज्य गुम्भीर नभएको गुनासो

Aarati simant

अत्तरिया : सुनचाँदी व्यवसायीहरुले आफ्नो समस्यामा राज्य गम्भीर नभएको गुनासो गरेका छन् । शनिबार धनगढीमा कैलाली सुनचाँदी व्यवसायीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । सुनचाँदी व्यवसायीले राज्यलाई लाखौँ रुपैयाँ राजश्व बुझाए पनि त्यो अनुसारको सेवा सुविधा पाउन नसकेको कैलाली आभुषण व्यवसायी संघका अध्यक्ष कमल लामेछानीले बताए । सुनचाँदी व्यवसायीका समस्यामा कुनै पनि सरकार गम्भीर बन्न नसकेको उनको भनाई छ । राज्यले सुनचाँदी व्यवसायीलाई पर्याप्त सुन समेत पुगाउन नसकेको व्यवसायी सन्तोष लामेछानीले बताए । उनी सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिम अध्यक्ष समेत हुन् । पहिचानसंग जोडिएको व्यवसायीलाई राज्यले संरक्षण गर्नुपर्ने उनले बताए । ‘गरगहना हाम्रो देशको पहिचान संग जोडिएका छन्’, उनले भने । ‘यसको संरक्षण गर्नु राज्यको पनि दायत्व हो ।’
सुनको पर्याप्त आपुर्ति नहुँदा कालोबजारी भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मणिकरत्न साक्यले बताए । सुनको पर्याप्त आपुर्ति नहुँदा कालोबाजारीलाई निराकरण गर्न नसकेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले व्यवसायीका मागप्रति राज्य गम्भीर भएको दावी गरे । यस्तै कार्यक्रममा पूर्व सांसद हरि श्रीपाईलीले सुनचाँदी व्यवसायीलाई राज्यले संरक्षण तर्फ ध्यान दिन आवश्यक रहेको बताए । मन्दिरमा मात्र बजेट छुट्याउने प्रदेश सरकारले व्यवसायीका संरक्षणका लागि पनि बजेट छुट्याउन आवश्यक रहेको बताए । सुनचाँदी व्यवसायीलाई अन्य प्रदेशमा सम्मान भए पनि हाम्रो देशमा सम्मान हुन नसकेको उनले बताए ।
अधिवेशनमा प्रदेशका ९ जिल्ला तथा कैलालीका विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायीमा लामो समय सम्म रहेर सेवा गर्नेलाई प्रसंसा पत्र समेत वितरण गरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.