धनगढीमा भोलिदेखि ‘सुदूरपश्चिम महोत्सव’, मुख्यमन्त्री भट्ट ले उद्घाटन गर्ने

धनगढी : बिहीवार भोलि देखि धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने भएका छन्।
आयोजक कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ। झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन्। महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए। धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ। महोत्सको पुर्व सन्ध्यामा विहान ७ बजे प्रभात फेरि गरिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.