
सुदूरपश्चिम महोत्सव आज देखि : मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

धनगढी, १० चैत : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लाग्ने महोत्सवको तयारी सकीएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको हो । बदलिँदो मौसमका बाबजुद छोटो समयमा तयारी तीव्र पारिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
महोत्सवका लागी व्यापारिक स्टलहरू नौलो तरिकाले सजावटको काम र व्यवस्थापन गरिरहेको बताउँदै अध्यक्ष कुँवरले बिहानै देखी स्थानीय कलाकारलाई समय दिइएको र दिउँसो २ बजे देखी साँझ ८ बजे सम्म नै राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने बताए ।
वि. सं. २०६३ साल देखि सुदूरको सुन्दर भविष्यका लागी विभिन्न मागहरू सहित आयोजना गर्न लागिएको महोत्सवमा यसपालि एक बुँदे माग अगाडि सारेको छ । धनगढीमा प्रदर्शन स्थलका माग अगाडि सारेको हो ।
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर उत्सवका रुपमा लिएको छ ।
कोरोना महामारीका कारण सृजित आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति वाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी वनाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धिमुलक हुने विश्वास सहित महोत्सव आयोजना गरिदैँ छ । कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५ औ संस्करणको रुपमा सुदूरपश्चिम महोत्सव २०७८ हुने लागेको हो ।
महोत्सवमा वृहत व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधिसंगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ,च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिएको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, , फर्निचर, अटोमोवाइल्स,गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि २५० स्टलहरु रहने छन् । महोत्सवको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रलोचन भट्ट गर्ने छन् । महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ । प्रर्वद्धक धनगढी उपमहानगरपालिका रहेको छ । त्यसै गरि मुख्य प्रायोजक यशोदा फुड्स प्रालि रहेको छ । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ । महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
