धनगढीमा महोत्सव सुरु : प्रदर्शनिस्थलको व्यवस्थापन गर्न माग
धनगढी : धनगढीमा बिहिबार देखि ‘सुदूरपश्चिम महोत्सव’ शुरु भएको छ । प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्घाटन गरे ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ कैलाली उद्योग बाणिज्य संघले महोत्सवको आयोजनामा महोत्सव सुरु भएको हो । कोभिड–१९ का कार विगत दुई बर्षदेखि हुन नसकेको महोत्सव यो पटक ढिलो गरि शुरु भएको हो ।
धनगढीको पशुपति टोलमा आयोजना गरेको महोत्सव यहि चैत २० गते सम्म सञ्चालन हुने छ । २०६३ सालदेखि कैलाली उद्योग बाणिज्य संघले मंसिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड–१९ का कारण महोत्सव मुख्यमन्त्री त्रिलोचन भट्टलाई ७ किलोको माला पहि¥याएको थियो ।
महोत्सवको औपचारीक उद्घाटनमा आयोजक उद्योग वाणिज्य संघ कैलालीले आफ्नो एक शुत्रिय माग राख्दै ७ किलोको माला लगाएको हो ।
विगतका वर्षमा सरकारलाई विभिन्न माग राख्दै आएको भएतापनि कमै मागको सम्बोधन हुनेगरेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । ‘सम्बोधन नहुने माग भन्दा पनि यसपाली हामीले प्रदेश स्तरमै सम्बोधन हुने माग राखेका छौँ’, उनले भने, ‘यसपाली हाम्रो एउटै र मुख्य माग भनेको प्रदर्शनीस्थलको व्यवस्थापन हो ।’ प्रदेशको आर्थिक समृद्धीको मुलधारको रुपमा स्थापित भएको सुदूरपश्चिम महोत्सव सञ्चालनका लागि स्थायी स्थान नहुँदा समस्या भएको बताउँदै अध्यक्ष कुँवरले यसप्रती प्रदेश सरकारलाई गम्भिर हुन समेत आग्रह गरेका छन् ।
त्यस्तै महोत्सवले राखेको मागको सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यसपटकको माग प्रदेश सरकारले नै समाधान गर्ने खालको भएकाले प्रदेश सरकार मागप्रति गम्भिर रहेको बताएका छन् । ‘हिजोका दिनमा राखिएका कयौँ माग अफ्ठ्यारा थिए’, उनले भने, ‘यसवर्षको मागका लागि हामी गम्भिर छौँ ।’ त्यस्तै मुख्यमन्त्री भट्टले आफ्नै कार्यकालमा उक्त माग सम्बोधन गर्ने समेत प्रतिबद्धता गरेका छन् ।