
सेजन द्वारा धनगढीमा पत्रकारहरुलाई अभिमुखीकरण

अत्तरिया, ११ चैत : नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कैलालीका पत्रकारहरुलाई आर्थिक तथा वित्तीय व्यवस्थानपका बारेमा अभिमुखीकरण गरेको छ ।
शुक्रकार धनगढीमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रम सुदूरपश्चिम आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङको उपस्थितिमा कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला मन्त्री तारालामा तामाङले सरकारले आर्थिक अनुशासन कायम गरे नगरेको विषयमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन । उनले सरकारले आर्थिक अनुशासन अनुसार काम गरेको छ की नाई त्यसको निगरानी गर्नुपर्ने सुझाए ।
उनले सरकारका आर्थिक क्रियाकलापका विषयमा पत्रकारहरुलाई निर्धक्क भएर कलम चलाउन पनि आग्रह गरे । ‘सरकारले आर्थिक रुपमा अनुशासन कायम गरेर हिडेको छ कि छैन भनेर तपाईले कलम चलाउनहोस् । यसमा हामी सहकार्य गर्न तयार छौ’ उनले भने ‘हामी जो जहाँ भएपनि जनताको लागि काम गरिरहेकाले सबैले एक आपसमा सहकार्य गरेर अगाडि जाऔँ ।’
उनले तालिमले आर्थिक क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘तालिम पश्चात सुदूरपश्चिम सरकारले गरेका कामका बारेमा यहाँहरुले कलम चलाउनु हुनेछ’ उनले भने ‘
सेजन र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसंगको सहकार्यमा एक दिने आर्थिक पत्रकारहरुलाई पेफा र सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम दिइएको हो । सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा पेफाका सचिवालय सदस्य सचिव गोरखबहादुर शाही, सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेत, नागरिक दैनिकका समाचार प्रमुख बालकृण ज्ञवाली लगायतले तालिममा सहजीकरण गरेका हुन् । कार्यक्रममा कैलालीका विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
