धनगढी उपमहानगरपालिका ३ को वडा अध्यक्षमा युवा नेता दिनेश बमले उम्मेदवारी दिने
अत्तरिया : आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका वडा.नः३ बाट वडा अध्यक्षमा आफू चुनावमा लड्ने युवा नेता दिनेश बमले बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन कैलाली जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बम स्थानीय तहको निर्वाचनमा चुनाव लड्ने भएका हुन ।
लामो समय देखि राप्रपाको राजनीति र सामाजिक रूपान्तरणको अभियानमा सक्रिय रहेका युवा नेता बमले वडा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । आफू वडामा उम्मेदवार भई निर्वाचित भएको अवस्थामा धनगढी उपमहानगरपालिका वडा.नः३ लाई सुशासन सहितको विकाशको बाटोमा अगाडी बढाउने तथा यस क्षत्रेको मानव विकास सुचांकलाई वृद्धि गर्दै समुन्नत वडा बनाउने कार्य योजना अगाडि बढाउने बमले बताए ।
‘अनेकन व्यथित छन्, आवश्यक कानुनहरू अझै निर्माण हुन सकेको छैन, वडालाई चिनाउने गरी काम हुन सकेको छैन, दलिए द्वन्द्वमा वडा अलमलिएको छ, आर्थिक पारदर्शिता छैन, यी लगायत यावत समस्या समाधानका लागि पनि वडा अध्यक्षमा मेरो उम्मेदवारी रहने’ बमले भने ।
बम एउटा धार्मिक युद्दा पनि रुपमा चिनिन्छन् । उनले विभिन्न ठाउँमा धार्मिक स्थलहरूमा मठ्ठ मन्दिर निर्माण सहित शिवभगवानको हतियार त्रिशूल पनि स्थापना गरेका छन् । अबको विकल्प राप्रपा भएको उनले बताए । सम्पूर्ण भष्टचारी नेताहरू लाई हराउन्न र समाजको विकासका लागी आफू वडा अध्यक्षमा चुनाव लड्ने बताएका छन् ।