Agni Offset Press

डोटीमा एमालेबाट निर्वाचित वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

Aarati simant

डोटी : डोटीमा नेकपा एमालेबाट निर्वाचित बहालवाला वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. १ बाट निर्वाचित वडा अध्यक्ष बहादुरसिँ खड्का सहित उनेका परिवार नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
उक्त पार्टीका नगर सह सचिव रोशन सूचिकारका अनुसार वडा अध्यक्ष बहादुर सिँ खड्का उनीको श्रीमती, बुहारी र नेकपा एमालेको वडा नं. १ सङ्गठन कमिटीका अध्यक्ष गोविन्द खड्का पार्टीमा प्रवेश गरेका हुन् ।
एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सबैलाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेश कमिटी सदस्य खगेन्द्र बहादुर साउद (कवि) ले फुल माला लगाई पार्टीमा स्वागत गरेको उक्त पार्टीको नगर कमिटी अध्यक्ष अशोक सोवले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.