Agni Offset Press

हिमशिखर सहकारीमा मोबाइल बैंकिङ तथा एसएमएस सेवा सञ्चालनमा

Aarati simant

धनगढी, १४ चैत : धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मोबाइल बैंकिङ तथा एस.एम. एस सेवा सञ्चालनमा ल्याएको छ ।
सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मोबाइल बैंकिङ तथा एस.एम. एस सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सम्पूर्ण सेवा सुविधाबारे जानकरी दिन प्रविधिमैत्री बनाएको बताए । अध्यक्ष भण्डारीका अनुसार मोबाइल बैंकिङ्ग तथा एसएमएस सेवाबाट आफ्नो खातामा भएको रकम, मिनी स्टेटमेन्ट, हिमशिखर सहकारीको एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर, बैंक तथा फाईनान्समा पैसा ट्रान्सफर, फोन रिचार्ज, ल्यान्डलाईनको टेलिफोन, इन्टरनेट, बत्ती, खानेपानीको बिल भुक्तानी, स्मार्ट टि.भी रिचार्ज, हवाईजहाज टिकट, खल्ती एपमा पैसा लोड तथा क्यूआर कोड स्क्यान गर्न मिल्नेछ ।
लिमिटेडका प्रवन्धक महेन्द्र शाहीले प्ले स्टोरमा गएर मोबाइल एप्स डाउन लोड गरेर सेवा सूचारु गर्न सकिने बताए । ‘सेवा लिए बाफत वार्षिक दुई सय ५० रुपैयाँ लाग्छ’ प्रवन्धक शाहीले भने, ‘सेवा लिन पहिले फर्म भर्नुपर्दछ ।’
सहकारीले चाडै नै एटिएम सेवा समेत सुरु गर्ने प्रवन्धक शाहीले बताए । सहकारी दिवसका अवसरमा यहि चैत २० गते ‘आर्थिक समृद्धिमा सहकारीको’ भूमिका विषयक विद्यालय स्तरीय वक्तृत्व प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सन्त्वाना हुनेलाई ३ हजार नगद पुरस्कारको व्यवस्था गरेको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।
२०६५ सालमे स्थापना भएको हिमशिखर सहकारी संस्थामा ३४ सय ३८ जना शेयर सदस्य छन् । फागुन मसान्त सम्म २ करोड ९७ लाख ५९ हजार ५०० शेयर रहेको संस्थाका प्रबन्धक शाहीले जानकारी दिए । यस्तै ऋण लगानी ५५ करोड ४९ लाख ६४ हजार १८८ रपैयाँ, बचत÷निक्षेप ४१ करोड ३६ लाख ३७ हजार ७८.९० रुपैयाँ र कुल सम्पति ६ करोड ९७ लाख ८६ हजार ८६० रुपैयाँ रहेको प्रवन्धक शाही जानकारी दिए । धनगढी–५ तारानगरमे प्रधान कार्यालय रहल सहकारीको सेवा केन्द्र हसुलिया र अत्तरियामा रहेको छ । सहकारीको कार्यक्षेत्र धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र गोदावरी नगरपालिका रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.