चुनावमा गठबन्धन गर्नेरनगर्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस
काठमाण्डौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्दैछ । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनका साथ चुनाव जानुपर्ने बताउँदै आएका छन् । १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह भने गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने पक्षमा छ । पार्टीभित्र दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।