Agni Offset Press

सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

Aarati simant

काठमाण्डौँ : नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय लिएको छ।

चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर जाने निर्णय लिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत गरेको छ, पौडेलले बैठकपछि भने, तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौँ।

मंगलबार केन्द्रीय कार्य समिति बैठक बस्नुअघि ​उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गर्ने गरी ड्राफ्ट तयार पारेको थियो। ​स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरुको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो।​

पार्टीका पालिका कमिटीहरुले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यही अनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार कांग्रेसले दिएको छ।

केन्द्रीय कार्य समिति बैठकमा इतर समूहका नेताहरु तालमेलको विपक्षमा थिए। नेताहरु शेखर कोइराला, गगन थापा, धनराज गुरुङसहितले तालमेलको विपक्षमा आफ्ना कुरा राखेका थिए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.