Agni Offset Press

नेपाल बैंक लिमिटेड साँफे शाखाको वित्तीय साक्षरता कार्यक्रम

Aarati simant

अत्तरिया, १६ चैत : नेपाल बैंक लिमिटेड साँफे शाखाले डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अछामको त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा शिक्षक र विद्यार्थीहरु संग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकका साँफे शाखा प्रबन्धक दिनेशराज जोशीले बैंक बैंकको महत्व, बैंकका उत्पादन तथा सेवाहरू, डिजिटल बैंकिङ सेवा र त्यसको महत्वको बारेमा जानकारी गराएका हुन् ।
त्यस्तै क्यूआर कोड तथा डिजिटल बैंकिङको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे कार्यक्रममा जानकारी गराइएको उनको भनाई छ ।
उनका अनुसार कार्यक्रममा क्याम्पस प्रमुख टिकाप्रसाद तिवारी लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम देशभरका विभिन्न ठाउँमा गदैँ आएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.