Agni Offset Press

कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिताको मेयर बन्ने सपना

Aarati simant

अत्तरिया : स्थानीय तहको नेतृत्व तहमा थारु समुदायको प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधि औँलामा गन्न सकिने मात्रै छन् । ती मध्येकी एक हुन्, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना ।
उनी वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयरको उम्मेदवार बनिन् । देश संघीयतामा गएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले महिलालाई मूलधारमा ल्याउन कोसिस गर्यो ।
यद्यपी अधिकांश ठाउँमा प्रमुख राजनीतिक दलहरुले महिलालाई उपप्रमुखको टिकट दिएर चुनावी प्रतिस्पर्धामा उतारे ।
कृष्णपुर नगरपालिकाकी उपमेयर राना पनि एमालेको तर्फबाट उपमेयरमा प्रतिस्पर्धा गर्दै विजयी भइन । त्यतिबेला उनी उमेरले ३० वर्ष पुगेकी थिइन् । रानाले नेपाली कांग्रेसका तर्फबाट उपमेयरकी उम्मेदवार भुवनेश्वरी जोशीलाई १२ सय बढी मतान्तरले पराजित गरेकी थिइन् ।
वि.स. २०४४ सालमा बेदकोट नगरपालिका–६ सिसैयामा जन्मिएकी उपमेयर राना सानै उमेरदेखि राजनीतिमा सक्रिय भइन् । सुरुमा कुनै पार्टीमा आवद्ध नभए पनि उनी थारु समुदायको नेतृत्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्थिन् ।
थारु समुदायको उत्थानका लागि सक्रिय राना आफ्नो मामाको प्रेरणाले पार्टीमा संगठित भएर राजनीति सुरु गरेको बताउँछिन् । ‘बिहे गर्नु भन्दा पहिले जनजाती महासंघमा आवद्ध थिएँ । हामी वर्गको लडाईँमा थियौँ । त्यति बेला कुनै पार्टीको झण्डा बोकेको थिइन,’ उनले भनिन्, ‘२०५४ सालमा मामा एमालेका निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । उहाँबाट राजनीति सिक्दै सक्रिय भएँ ।’
रानाको परिवारको आर्थिक स्थिती कमजोर थियो । उनका एक दाइ, दिदी र तीन बहिनी छन् । ठूलो परिवार तर आर्थिक स्थिती नाजुक हुनाले उनीहरुलाई जीविकोपार्जन, शिक्षा दीक्षाका लागि समस्या हुने हुन्थ्यो ।
आमाबुबाको कुनै रोजगारी थिएन । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्थे। कमजोर आर्थिक स्थितिका बाबजुत उपमेयर रानाले कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । वि.सं. २०६३ सालमा घटाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी रमिताले कक्षा १२ महेन्द्रनगरको बालजागृती कलेजबाट पास गरिन् ।
कक्षा १२ सम्मको अध्ययन पश्चात् उनी वैवाहिक बन्धनमा बाँधिइन् । बेदकोटको सिसैयाबाट बिहे गरेर उनी कृष्णपुर नगरपालिका–४ गइन् ।
बिहे गरेपछि पनि उनको राजनीतिक यात्रा रोकिएन । बरु राजनीतिक यात्रा थप सफलतातिर उन्मुख भयो । उनले घरपरिवार र राजनीतिलाई सँगै अगाडि बढाइन् । ‘श्रीमानको साथ सहयोगले यहाँसम्म पुग्न सफल भएकी हुँ,’ उपमेयर राना भन्छिन्, ‘घर राम्रो नहुँदा राजनीति गर्न सकिँदैन । राजनीतिक यात्रामा श्रीमानले सहयोग नगर्नु भएको भए यहाँसम्म पुग्ने थिइन ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.