Agni Offset Press

आवश्कता देखिएको ठाउँमा मात्र चुनावी तालमेल : प्रदेश समाभापति वलायर

Aarati simant

आसन्न बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई लक्षित गर्दै काँग्रेस सुदूरपश्चिम सभापति विरबहादुर वलायर प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने भेलामा भाग लिईरहेका छन् । कार्यकर्ता भेलामा भाग लिने क्रममा बुधबार बझाङ पुगेका छन् । विभिन्न ठाउँमा हुने भेलामा उनी सुदूरपश्चिममा गठबन्धन नहुने तर्क दिईरहेका छन् । मंगलबार मात्र केन्द्रमा काँग्रेसले सत्तारुढ दलहरुसंग चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । यस अग्नी पोष्टका कार्यकारी सप्पादक कैलाश जोशीले सभापति वलायरलाई केन्द्रको निर्णय सुदूरपश्चिममा पालना हुन्छकी नाई ? स्थानीय नेता कार्यकर्ताहरुको भनाई के पाउनु भएको छ ? लगायतका प्रश्नहरु समेटर कुराकानी गरेका छन् ।
केन्द्रमा निर्वाचनमा तालमेल गर्ने सहमती भएको छ, प्रदेशमा के गर्नुहन्छ ?
स्थानीय तहको निर्वाचनकै शिलशिलामा सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लाको दौडमा छु । विभिन्न सञ्चार माध्यममा चुनावमा तालमेल गरेर जाने निर्णय भएको कुरा आएका पनि छन् । केन्द्रले तालमेल गरेर जाने निर्णय भएपछि प्रदेशमा नहुने कुरा भएन् । तर,सबै ठाउँमा हुदैन् । स्थानीहरुको आवश्कताको आधारमा जे पनि हुन सक्छ ।
स्थानीय तहका नेता कार्यकर्ताहरु गठबन्धनको पक्षमा छन् की विपक्षमा यस बारेमा के भन्नुहुन्छ ?
जिल्लाका नेता कार्यकर्ताहरु गठबन्धनको पक्षमा छैनन् । जिल्ला जाने क्रममा जति पनि स्थानीयतमा गए कति पनि भेटिएको छैन् । काँग्रेसको जित्ने ठाउँमा कुनै प्रकारको तालमेल गर्नुहुदैन भन्ने छ । आवश्यक परेमा मात्र तालमेलको पक्षमा स्थानीय तहको नेता कार्यकर्ताहरु रहेका छन् । यसमा केन्द्रले दवाव दिने कुरा हुँदैन् ।
स्थानीयतहमा उम्मेद्वारको टुङगो कहिलेसम्म लाग्छ ? आज भोलि के गरिरहनु भएको छ ।
पहिलो चरणको चुनावी प्रचारमा रहेका छौ । प्रदेशका सबै जिल्लाका विभिन्न ठाउँमा चुनावी सभा भईरहेका छन् । स्थानीय तहमा पार्टीका अवस्थाका बारेमा रिपोर्ट लिने काम भईरहेको छ । पहिलो चरणको निर्वाचन सकिन्ने वित्तिकै पुनः दोस्रो चरणमा जाने तयारी रहेको छ ।
सुदूरपश्चिममा काँग्रेसको कति स्थानीय तहमा जित हुने अपेक्षा गरिएको छ ?
सबै जिल्ला बाट रिपोर्टहरु संकलन भईरहेको छ । रिपोर्टहरु संकलन हुने वित्तिकै सबै कुरा थाह हुने छ । त्यसपछि मात्र प्रदेशको अवस्थाको बारेमा थाह हुन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.