Agni Offset Press

प्रधानमन्त्रि देउवा भारत प्रस्थान

Aarati simant

धनगढी : तीनदिने औपचारिक भारत भ्रमणका लागी प्रधानमन्त्रि शेरबहादुर देउवा भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज भारत प्रस्थान गर्नुभएको छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । स्वदेश फर्किनु अघि प्रधानमन्त्री देउवाले भारतको बनारसिको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.