Agni Offset Press

अछामका ९१ वटै वडामा एमालेविरुद्ध तालमेल गर्ने गठबन्धनको निर्णय

Aarati simant

अछाम : सत्तारुढ गठबन्धनका यहाँस्थित ३ दलले स्थानीय चुनावमा नेकपा एमालेविरुद्धको गठबन्धनमा ऐक्यबद्धता जनाएका छन् ।

केन्द्रमा भएको गठबन्धनलाई आत्मसात गर्दै जिल्लाको १० वटै स्थानीय तह र ९१ वटा वडाहरूमा गठबन्धन गरेर अघि बढ्ने उनीहरूले निर्णय गरेका हुन् ।

नेपाली काग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका संयोजक रविन्द्र साउँद र नेकपा एसका अध्यक्ष हिरण्ड भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपालको वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै केन्द्रमा जस्तै अछाममा पनि स्थानीय चुनावमा गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न अनुरोध गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.