Agni Offset Press

बार्षिकोत्सवमा असायलाई खाद्यान्न सहयोग

Aarati simant

अत्तरिया : एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४ औं बार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ । इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया उपशाखाले आफ्नो १४ औँ बार्षिकउत्सबको अवसर पारेर गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको अपाङगता भएका बालबालिकाहरु अध्ययनरत सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।
खाद्यान्न अन्तर्गत चामल ३ कट्टा, दाल ४ केजी, आलु १० केजी, बन्दा ८ केजी, काक्रा ८ केजी, बोडी २ केजी, केरा ५ दर्जन, अंगुर ३ केजी र नुन ५ केजी गरी ७ हजार ५ सय रुपैयाँ बराबरको सामान एक औपचारिक कार्यक्रम बिच वितरण गरिएको थियो । खाद्यान्न वितरण उपशाखा प्रमुख सुनिल राज भट्टले विद्यालयलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । बार्षिकोत्सबको अवसरमा अन्य फर्जुल खर्च गर्नुभन्दा विद्यालयलाई थोरै भएपनि राहत होस भनेर सहयोग गरेको उनले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी, अभिकर्ता र विद्यालयका शिक्षक विद्यार्थीहरु लगायतको सहभागिता रहको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.