कृष्णपुर नगरपालिका साक्षर घोषणा
अत्तरिया, २५ चैत : कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालाले नगरपालिकालाई साक्षर घोषणा गरेका हुन ।
नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समुहका ९६.१७ प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई साक्षर घोषणा गरिएको कृष्णपुर नगरका प्राविधिक तथा शिक्षा शाखा प्रमुख विष्णु दत्त भट्टले बताए । ९५ प्रतिशत नागरिक साक्षर भएमा साक्षर नगर घोषणा गर्ने प्रावधान रहेको छ । कञ्चनपुरमा पाँचौ नगरपालिकाका रुपमा कृष्णपुर साक्षर घोषणा भएको हो ।