Agni Offset Press

कैलालीमा गठबन्धनको दलको कुन पालिकामा कसको दाबी ?

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा आइतबार बोलाइएको गठबन्धनमा आवद्ध पाँच दलको बैठक सकिएको छ। बैठकमा वडातहदेखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्नेबारे छलफल भएको छ।

बैठकले निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति गरेको नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए।

बैठकमा नेकपा एकीकृत समाजवादीले पाँच वटा स्थानीय तहको प्रमुख आफुले पाउनुपर्ने दाबी गरेको छ। गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरेको हो। काँग्रेस सचिव मिश्रका अनुसार काँग्रेसले भने जिल्लाका १३ वटै स्थानीय तहमा आफ्नो दाबी गरेको छ। बैठकमा नेकपा माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह नछोड्ने दाबी गरेको छ ।

२०७४ सालको निर्वाचनमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको प्रमुखमा दाबी गरेका छैनन्। बैठकमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष दीर्घ सोडारी, कैलाली जिल्ला अध्यक्ष भैरव रावल, माओवादी केन्द्रका प्रदेश अध्यक्ष ‘अखण्ड’, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, काँग्रेसका तर्फबाट उपसभापति भीम बडुवाल, सचिव मिश्र, जनमोर्चाबाट जगतराज जोशी र जसपाबाट होरीलाल चौधरी सहभागि रहेका थिए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.