Agni Offset Press

पुनर्वासमा गठबन्धनमा काङ्ग्रेसको आपत्ति, पालिका प्रमुख हेरफेर नभए उम्मेदवार उठाउने तयारी

Aarati simant

हरिलाल जोशी
पुनर्वास, २७ चैत : नेपाली काङ्ग्रेस सहित पाँच दलको गठबन्धन गर्ने केन्द्रले ह्विप जारी गरेपछी कंचनपुरको क्षेत्र नम्बर १ का कार्यकर्ता माझ तरङ्ग मच्चिएको छ ।

गत हप्ता जिल्लामा सर्वदलीय बैठक बसी पालिका बाडफाड गरेपछि कंचनपुरको पुनर्वासमा पनि नेता तथा कार्यकर्ताले १ नम्बर क्षेत्रमा कुनै एक पालिकामा काङ्ग्रेसको प्रमुख हुनुपर्ने भन्दै आपत्ति जनाएको हो । आईतबार विरोध कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले ठूलो संघर्षले जोगाएको संगठनलाई गठबन्धनले टुटाउने प्रबल सम्भावना रहेको, कंचनपुर क्षेत्रमा एउटा नगरपालिका नेपाली काङ्ग्रेसलाई दिनुपर्ने , पार्टीले पुनर्वासको राजनीतिक विषयबस्तुलाई नबुझी गठबन्धनमा लाद्न खोजे निर्विकल्पमा उम्मेदवार उठाउने र कुनैपनी हालतमा गठबन्धन हुन नदिने जस्ता तर्क गरेका थिए ।

त्यस्तै नगर सभापती शुकबहादुर तामाङले पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसलाई विजयी हासिल गराउने कुरामा दृढ बिश्वास रहेको बताए । ‘गठबन्धनको निर्णयलाई सहज रुपमा लिनु काङ्ग्रेसकै लागि घातक हुन्छ । उनले भने, पार्टीलाई सक्षम र सबल बनाउने विषयमा उत्तरदायी छु । कार्यकर्ता र मतदाताको मनोभावको पक्षमा उभिन्छु । बरु आफुलाई पार्टीले कार्वाही गर्छ भनेपनी गरोस् ।’ उनले कुनैपनी निर्णयमा मौन बस्नु दोषी या भ्रष्टचारी सावित हुने विपिको सिद्धान्तलाई आत्मसम्मान गर्ने उनको भनाई छ ।

छलफलका क्रममा स्थानीय निर्वाचनमा नगरको प्रमुखमा काङ्ग्रेसको उम्मेदवारलाई ल्याउने निर्णय नगरिए छुट्टै टिम खडा गरि चुनावी अभियानमा लाग्ने पुनर्वास नगर कमिटीका एक नेताले जानकारी दिए । नगरका ती नेताले काङ्ग्रेसबाट नगर प्रमुखमा एक जनाको नाम लिई टिम जिल्ला र प्रदेश कार्यसमिति सम्म डेलिगेशन जाने तयारी रहेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.