पुनर्वास–५ मा सञ्चालित फुटबल खेलमा आयोजक टिम फाईनलमा
हरिलाल जोशी
पुनर्वास, २९ चैत : कंचनपुरको पुनर्वास नगरपालिका–५, भानु युवा क्लबद्वारा आयोजना गरिएको खेलमा आयोजक (भानु निलो) टिम फाईनलमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सेमिफाइनलको पहिलो संस्करणमा भएको खेलमा भानु युवा क्लब ९निलो०ले परोपकार युवा क्लब बीचफाटालाई शुन्यका विरुद्ध ३ गोल प्रहार गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यसैगरी आज दिउँसो ३ बजे हुने सेमिफाइनलको दोस्रो खेल प्रगति युवा क्लब र त्रिभुवन युवा क्लब बीच घम्साघम्सी हुने आयोजकले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नारा सहित पुर्व खेलाडी स्वर्गीय दानबहादुर शाहीको सम्झनामा उक्त खेलको आयोजना गरिएको हो ।