परम्परावादी सोचले चल्दैन, स्वास्थ्यमा फट्को मार्नैपर्छ : मन्त्री बोहरा

धनगढी, २९ चैत : सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले परम्परावादी सोचले स्वास्थ्यमा कुनै परिर्वतन नआउने बताएका छन् । ‘कोरोना महामारीमा कति कष्ट भोग्नुपर्यो’, धनगढीमा भएको कार्यक्रम तथा बजेट तयारी अभिमुखीकरण कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उनले भने । ‘भयवह परिस्थिति आएमा परम्परावादी सोचले चल्दैन् । हामीले स्वास्थ्यमा फट्को मार्नैपर्छ’
अस्पतालको स्तरोन्नतिका लागि कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री बोहराले प्रदेश सरकार राम्रा कामका लागि सहयोग गर्न तत्पर रहेको बताए । प्रदेश सरकारले बजेट अपुगभएमा संघीय सरकारसंग समन्वय गरेर भए पनि अगाडि बढ्नुपर्ने सुझाए । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए । ‘सुदूरपश्चिमका समस्याहरु निराकरण गर्नका लागि नयाँ सोचका साथ अगाढि बढ्न आवश्यक छ’, उनले भने । ‘विपन्न वर्गका जनतलाई केन्द्रमा राखेर कार्यक्रम बनाउन आवश्यक छ ।’
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले प्रदेश सरकारले कोरोनाकालमा बनेका संरचना प्रयोग गर्नका लागि योजना बनाउन सबै लाग्नु पर्ने बताए ।


कार्यक्रममा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सिमित बजेटका कारण सबैको मागहरु सम्बोधन गर्न नसकेको बताए । उनले स्वास्थ्य सेवालाई थप स–शक्त बनाउनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरुलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘अहिले जिल्ला अस्पताल, प्रदेश अस्पतालमा बिरामीहरुको लाईन लाग्छ’, उनले भने । ‘त्यो लाईन लाग्नाको कारण स्थानीय तहमा भएको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसक्नु पनि हो ।’
कार्यक्रममा स्वास्थ्य कार्यलय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सुदूरपश्चिमको स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले बाजुराको हिमाली गाउँपालिका मात्र स्वास्थ्य अवस्था नाजुक नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानीय तहको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताए । अभिमुखीकरण कार्यक्रम युकेएड, एनएचएसएसपीको सहयोग सामाजिका विकास मन्त्रालयको आयोजनामा सम्पन्न भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.