कैलालीका एसपी अधिकारीको सरुवा
धनगढी, ३० चैत : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो। कैलालीमा प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन्।