मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको टाइसिट तथा ट्रफी सार्वजनिक

प्रतियोगिताको तयारी पूरा

धनगढी : नयाँ वर्षको अवसर पारेर धनगढीमा शनिबार देखि धनगढीमा सुरु हुने ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री वनदेवी युवा क्लब (विवाइसी) महिला गोल्डकप’ को टाइसिट र ट्रफी सार्वजनिक गरिएको छ । शनिबारको पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुनेछ ।

यस्तै महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहने बताउँदै अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताए ।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।

धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ । दिउँसो अत्यधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.