सामाजिक विकास मन्त्री बोहरालाई गृह जिल्लामा स्वागत

डडेल्धुरा, ४ बैशाख : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त समाजिक विकास मन्त्री गोविन्दराज बोहराले शिक्षा र स्वास्थ्यका क्षेत्रमा नौं वटै जिल्लामा नमुना कार्य गरेर देखाउने बताएका छन् ।
प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका मन्त्री बोहरा पहिलो पटक गृह जिल्ला डडेल्धुरा पुगेका छन् । गृह जिल्ला पुगेका मन्त्री बोहराको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री बोहराले शिक्षा र स्वास्थ्यका क्षेत्रमा नौं वटै जिल्लामा नमुना कार्य गरेर देखाउने बताएका छन् ।
उनले कम्युनिष्ट सरकारले गर्न नसकेका काम पनि आफूले योजनाबद्धरुपमा सबै जिल्लालाई समानता र समावेसितालाई ख्याल गरी विकासको नमुना प्रस्तुत गर्ने बताए । स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकाल अवधीमा लक्षित समुदायका मानिसको निःशुल्क स्वास्थ्य विमा गर्ने मन्त्री बोहराले बताए । सुदूरपश्चिमका कुनै पनि व्यक्तिले औषधी नपाई वा आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन सरकारी तवरबाट नै स्वास्थ्य बिमा गराईने मन्त्रीले बताए ।
सोमबारसम्मका लागि गृहजिल्ला भ्रमणमा आएका मन्त्री बोहराले कांग्रेस हरेक क्षेत्रमा बलियो रहेको बताउँदै तल्लो कमिटीले निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन् । डडेल्ल्धुराका सात वटै स्थानीय तहमा पार्टीको सूचाकं बलियो देखिएको र सो कारण त्यही अनुसार एकमत भएर लागे सबै स्थानमा आफ्नो पार्टीले जित्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.