राजा महेन्द्रको सालिक पुनः ठडियो अत्तरिया चोकमा
अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्य चोक रहेको कैलालीको अत्तरिया चोकमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनः राखिएको छ । २०६२\६३ को जनआन्दोलनका क्रममा भत्काएको राजा महेन्द्रको सालीक सोमबार पुनः राखिएको हो ।
शालिक पुनः निर्माण समितीको पहलमा स्थानीयको स्वच्छिक सहयोगमा राजा महेन्द्रको ६ फिट अग्लो सालीक अत्तरिया चोकमा राखिएको समितीका अध्यक्ष हरी दत्त भट्टराईले बताए । इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको उनले बताए ।
२०६२÷०६३ मा आन्दोलनले राजा महेन्द्रको सालिक फालिदिएका थिए। आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै सालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए। सोमबार बिहान सालीक सहित अत्तरिया बजार परिक्रमा गरेर चोकमा सालिक राखिएको थियो ।
