प्रजनन्र स्वास्थ्यबारे सरोकारवालासंग अन्तरक्रिया
धनगढी, ६ बैशाख : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच पुगाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वय तथा आईपास र महिला, कानुन विकास मञ्चको आयोजनामा सुरक्षित गर्भपतन सेवाका बारेमा अन्र्तक्रिया कार्यक्रममा यस्तो जोड दिएको हो ।
सर्वसाधारणले समयमै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा पाउनुपर्ने सहभागिले बताए । । कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपनतको अधिकार विषयमा कार्यपत्र प्रस्तुत गदैँ सुरक्षित गर्भपतन सेवा कानूनमा कसको इच्छा विपरित गर्भपतन गारएमा कानुनी कारवाही हुने उल्लेख गरे ।
सुरक्षित गर्भपतन सेवा सरकारी स्वास्थ्य केन्द्रमा निःशुल्क, सुरक्षित र गोप्य तरिकासे सेवा प्रदान दिईरहेको उनले बताए । कार्यक्रममा उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा रहेको व्यवस्थाका बारे पनि जानकारी गराएका हुन् ।
अधिवक्ता श्रेष्ठले महिला सरकारका तोकेको मापदण्ड अनुसार स्वास्थ्य संस्थामा गर्भपतन गराई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ रूपमा गर्भपतन सेवा लिनुपर्नेमा जोड दिए
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख सुरेन्द्र कार्की प्रत्यक स्थानीय तहमा केन्द्रसम सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रवद्र्धन र संवद्र्धन गरेको बताए । उनले गर्भपतन लगायत संवेदनशील स्वास्थ्य सेवा का लागि सचेत हुन आवश्यक रहेको बताए ।
कार्यक्रम सेती प्रदेशिक अस्पतालका नर्सिङ निरीक्षक यशोदा ढकाल अस्पतालममा गर्भपतन गर्न आउने सेवाग्राहीहरुलाई पहिले परामर्श गरेर मात्र सेवा प्रदान गरिहरेको जानकारी गराईन् । उनले अस्पतालमा गर्भपतन गर्न आउनेहरु सुरक्षित, गुणस्तरीय, सर्वसुलभ र गोप्यरूपमा गर्भपतन गराउने गरेको बताए । कार्यक्रममा स्त्रीरोग विशेषज्ञ दीप श्रेष्ठ डंगोल उद्देश्यबारे जानकारी गराएकी थिईन् ।