जथाभावी सवारी पार्किङ गरे ‘ह्वील लक’

अत्तरिया, ६ बैशाख :  कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जथाभावी पार्किङ गर्ने सवारीमा ह्वील लक (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सुरु गरिएको छ । मौखीक जानकारी गराउँदा अटेर गरेपछि ह्वील लक लगाउने अभियान सुरु गरेको हो ।

प्रदेश ट्राफीक प्रहरी अत्तरियाले बजार क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीमा ह्वील लक लगाउन सुरु गरेको हो । बजार क्षेत्रमा जथाभावी हुने पार्किङ नियन्त्रणका पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य सुरु गरिएको प्रदेश ट्राफीक प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् प्रवत्ता रण बहादुर विष्टले जानकारी दिए ।

उनले मंगलबार अत्तरिया चौराहमा अव्यवस्थित पार्किङ गरिएका ७ ओटा सवारीसाधनमा ह्वील लक लगाईएको बताए । ह्वील लक लगाईएपछी कार्वाहीस्वरुप पाँच सयदेखि पन्ध्र सयसम्म जरीवाना तोकिएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.