केकी अधिकारीले सार्वजनिक गरिन् बेहुला

काठमाडौं : अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन्। बुधबार मेहन्दी उत्सव मनाएका यी जोडीले बिहीबार लगन कसेका हुन्। अभिनेत्री अधिकारीले विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु गरेको बताइन्।

आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दैगर्दा म र मेरो जीववन साथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ, उनले फेसबुकमा लेखेकी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.