सामाजिक विभेद् कुरीति हटाउदै गाँउका विभिन्न समुुहहरु
जगदीश रोकाया
बैशाख ११ बझाङ : बझाङको बुुंगल नगरपालिका देउलीकोट क्षेत्रमा गठन गरिएका गाँउटोलका विभिन्न समुहहरुले गाँउ समाजमा रहेका असमान विभेद कुरीतीहरु हटाउन सक्रिय भएका छन । महिला पुुरुष किशोर किशोरीका समुुहहरुले प्रत्यक महिना बैठक बसी गाँउघरमा देखीएका विभिन्न समस्या सवालहरुमा छलफल गरि मान्छेको बानी व्यवहार परिर्वतन साथै आयआर्जनमा पनि सुुधार ल्याउन थालेका छन ।
दुुइ वर्ष अगाडि त्यहाँ कार्यक्षेत्र बनाएर काम गरिरहेको दलित सहयोग समाज संस्था युुएमएन संगको साँझेदारीमा समान व्यवहार परियोजना मार्फत यस क्षेत्रमा समुुदायकै मान्छे परिचालन गरि गाँउघरमा रहेका महिला पुुरुष छोरा छोरी जात जातिमा हुने असमान व्यवहार कुुरीतीहरु हटाउन विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
नियमित समुुहको बैठकमा सामाजिक सवालका बारेमा छलफल हुुन थालेपछि अन्धविस्वास सामाजिक कुुरीती असमान व्यवहारहरुले जरागाडेको दुुर्गम देउलीकोट क्षेत्रमा अहिले पुुरुषहरुको मदिरा सेवन गर्ने बानीमा सुुधार गाँउघरमा कलह झगडामा कमी आएको छ । यसका साथै छाउपडी सुुत्केरी प्रथामा सुुधार, जातिए विभेदमा कमी आएको बुुंगल नगरपालिका वडा नम्बर १० का अध्यक्ष प्रेमबहादुुर बागले जानकारी दिए ।
‘दलित सहयोग संस्था यहाँ लागुु भएपछि उनीहरुले समुह गठन गरि नियमित बैठक छलफलमा धेरै कुराको ज्ञान दिदाँ यहाँका मान्छेमा सोच परिर्वतन भएको छ’ उनले भने । साथै पुुराना रुढीवादी कुरीती कुुसंस्कारहरु पनि सुधार भएका उनको बुुझाइ छ ।
साविकको देवलीकोट गाविस र अहिले तिन वडा रहेको यो क्षेत्र भौगोलिक रुपमा पनि दुुर्गम पिछडिएको छ । दलित सहयोग संस्थाबाट अहिले यहाँ महिला समुुह, पुुरुष समुुह, मिश्रित समुह दाजुुभाइ समुह, एक महिला समुुह, महिला संञ्जाल, किशोर किशोरी समुह, बाल क्लब सहयोगी समुह, गरी ४२ वटा समुह बनाएका छन् । जसको सवाल उसैको नेतृत्व भने झै गाँउकै मान्छे वाट आफ्ना समस्या सवालहरु पहिचान गरि सुधारका लागी उनीहरु वाटै पहल भइरहेको छ ।
यस ठाँउमा गाइ भैसिको दुुख बाहिरका मान्छे लाइ दिनुु हुदैन भन्ने अहिले पनि मान्यता छ कार्यक्रम संयोजक भिम रसाइलीले भने ‘हामीले यो प्रचलनलाइ तोड्नका लागी भैसी खरिदको पैसा संस्थाले दिएर किसान लाइ भैसी पाल्न दियौ र अहिले दुुध घ्युु विक्री गर्ने प्रचलन सुुरुवात गरेका छन् । समुहमा बचत गर्ने बानी घुुम्तीको परिचालनले समुुहका सदस्यहरुलाइ आयआर्जनमा पनि सहज भएको देखिन्छ । संस्थावाट समुहका सदस्यहरुलाइ विभिन्न जीवन उपयोगी ज्ञान शिप क्षमता विकासका तालिमहरु किशोर किशोरीलाइ बालअधिकार, बाल विवाह न्युनीकरण सम्वन्धिका तालिमहरु पनि दिने गरेको छ । डौड घर भएका मन्जीत चनाराले संस्थाले पैसा दिएर भैसी खरिद गरि आयआर्जन र पोषण खानामा सहज भएको वताए ।
नगरपालिका भएपनि यो भेगक्षेत्र दुुर्गम विकट भएकाले सामाजिक असमान विभेद अझै छन । नगर प्रमुख धनबहादुर विष्टले भने ‘अहिले स्थानीयतह संगको समन्वयमा दलित सहयोग समाजले देउलीकोट क्षेत्रमा मान्छेको व्यवहार परिर्वतन गर्ने कुरा जनचेतना दिने तालीम गोष्टी छलफल र केहि जिविको पार्जनको सहयोग गर्दा समाजमा केहि परिर्वतन सुधार आएको छ ।’
