बाजागाजा सहित धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालले गराए उम्मेदवारी दर्ता

अत्तरिया : सुदूरपश्चिमको एक मात्र कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।

आईतबार उम्मेदवारी दर्ताको पहिलो दिन स्वतन्त्र उम्मेदवार हमालले समर्थकसहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले धनगढीको ट्राफिक चौराह बाटा पञ्चेबाजा सहित र्याली सहित मुख्य निर्वाचनको अधिकृत कार्यलयमा पुगको थिए ।

र्‍यालीमा उनका समर्थकले उनका पक्षमा नाराबाजी गरेका थिए। हमालको प्यानलबाट वडा नम्बर ४ को अध्यक्षमा शिद्वराज पनेरू, वडा नम्बर ५ बाट पदम भट्ट, वडा नम्बर ९ बाट रमेशबहादुर बिस्ट, वडा नम्बर १४ बाट यम लामिछाने, वडा नम्बर १५ बाट कमलबहादुर ढाँट र वडा नम्बर १६ बाट निर्मलकुमार ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हमालको टीमले आज पहिलो नम्बरमा मनोनयन दर्ता गराएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.