एकीकृत समाजवादीले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगायो
धनगढी : सत्ता गठबन्धनको सहभागी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।
एकीकृत समाजवादी दिएको जानकारी अनुसार घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ । घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन ।
चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगर समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य हुन। गोदावरी नगरपालिकाका उपप्रमुख कडायत समाजवादीकी जिल्ला उपाध्यक्ष हुन । उनी हालकी उपमेयर समेत हुन् । गोदावरीमा काँग्रेसले मेयरको उम्मेदवार उठाउने जनाएको छ । गठबन्धन दलहरुका अन्योलका बीच उम्मेदवार छनौट गर्न सकस छ ।