धनगढीको मेयर र उपमेयरमा एमालेबाट चन्द र रानाको उम्मेदवारी दर्ता

धनगढी : नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकामा नेता रणबहादुर चन्दले मेयरमा र कन्दकला रानाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले उमहानगरको १९ वटै वडा अध्यक्ष र सदस्य सहित उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार दिउँसो कैलालीको पार्टी कार्यालय बाट नाचगान गदैँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्द र रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एमालेले १९ वटै वडाका अध्यक्षको पनि मनोनयन दर्ता गरिरहेको छ । वडा नम्बर १ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा इश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै ११ नम्बर वडामा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदिश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दिपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.