कैलालीको लम्की-चुहामा कांग्रेसबाट मेयरका लागि दुई जनाको उम्मेदवारी

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुखका लागि कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश कार्यसमितिबाट टिकट पाएका भक्त थापाले मनोनयन दर्ता गरेका छन् । यस्तै, मेयर पदमा चुनाव लड्न सुशीला शाहीले पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै उम्मेदवारी दर्ता गराएकी हुन् । सोमबार उनीहरूले नगरपालिकाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए।

पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने निर्वाचन अधिकृत चौधरीले बताए । दुबैले पार्टीबाट प्राप्त टिकट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेस लम्कीभित्र तरंग पैदा भएको छ। आधिकारिक को भन्ने प्रश्न उब्जिएको छ। कैलाली जिल्ला कार्यसमिति सचिव नृप सुनारले भक्त थापा नै आधिकारिक भएको बताए तर शाहीले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरेकी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.