गोदावरी १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार चन्दले उम्मेदवारी फिर्ता लिए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका १ मा स्वतन्त्र बाट वडा अध्यक्ष का उम्मेदवार किर्तबहादुर चन्द ले उम्मेदवारी फिर्ता लिएका छन् । १२ गते उनले स्वतन्त्र बाट उम्मेदवारी दिएका थिए ।

गत स्थानीय निर्बाचनमा एमाले को तर्फ बाट सदस्य मा निर्बाचित चन्द एमाले को तर्फ बाट यो पटक अध्यक्ष मा आकाँक्षी थिए । पार्टी ले टिकट नदिएपछि उनले स्वतन्त्र बाट उम्मेदवारी दिएका थिए । अब उनले एमाले का वडा अध्यक्ष का उम्मेदवार शर्मानन्द लाई समर्थन गर्ने भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.