सुपथ मूल्य पसल चलाउने एकमात्र केआईसिंह पालिका

डोटी २० बैशाख : दसैँ तिहार जस्ता चाडपर्व नेपालिका महान चाडपर्व हुन् । हरेक नेपालीले आफ्नो हैसियत अनुसार चाडपर्व मनाउने गर्दछन् । तर, पनि चाडपर्वका बेला आर्थिकरुपले कमजोर र विपन्न परिवारमा भने उत्साह हुँदैन । विभिन्न अभावले चाडपर्वमा खल्लो अनुभूति गर्दछन् । केआईसिंह गाउँँपालिकाले चाडपर्वका बेला सवै परिवारमा राहत पुगोस् भन्ने उदेश्यले हरेक वर्ष पालिका निवासीलाई सहुलियतमा सामानहरू उपलब्ध गराउँदै आएको छ । गाउँँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही कुनै पनि जनता चाडपर्वका बेला निराश नहुन् भन्ने उदेश्यले सहुलियतपूर्ण सामानमा अनुदान दिएको छ ।

सबै घरधुरीलाई वडास्तरीय सहकारीमार्फत चिनी, नुनमा अनुदान दिने गरेको छ । गाउँँपालिकाले आर्थिक वर्ष ०७५\०७६ मा ४ हजार ५ सय घरधुरी, ०७६\०७७ मा ४ हजार ७ सय घरधुरी, ०७७\०७८ मा ५ हजार घरधुरीलाई चिनी र नुनमा अनुदान दिएको थियो । प्रति घरधुरीमा हरेक ५ किलो चिनी ३ किलो आयोडिनयुक्त नुन उपलब्ध गराएको थियो । यसरी जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सहुलियतपूर्ण सामान वितरण गर्ने केआईसिंह एक मात्र गाउँँपालिका हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.