ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

अत्तरिया : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले ¥याली निकालेको थियो । ¥यालीमा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएका हुन् ।
दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला भट्टले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.