भाटभटेनी सुपरमार्केटले धनगढीमा शाखा विस्तार गर्दै

अत्तरिया : नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपरमार्केटले जेठको अन्तिम साताबाट आफ्नो २३ औं शाखा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरु गर्ने भएको छ । भाटभटेनीको २३ औं स्टोरको रुपमा आगामी जेठ २७ गते औपचारिक रुपमा उद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले काठमाडौ लगायत देशका विभिन्न स्थानहरुमा २२ वटा स्टोर सञ्चालनमा ल्याइसकेको बताउँदै नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले भाटभटेनीको सेवा विस्तार गरिएको बताए । उनले सेवा बिस्तारसंगै करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको छ ।
स्टोरमा २ अर्ब बढी लागत रहेको बताउदै अध्यक्ष गुरुङले स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा १७ कट्ठा क्षेत्रफलमा स्टोर निर्माण गरिएको र अण्डरग्राण्डसहित ६ तल्लाको भवन रहेको अध्यक्ष गुरुङले बताए ।
स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेल सामाग्री, विभिन्न ब्राण्डका लुगाकपडाका सातै इलेक्ट्रोनिक सामानहरु पाइनुका साथै अन्तराष्ट्रिय स्तरको क्यू यू फर्निचर, पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल लगायतका सुविधाहरु रहने व्यवस्थापक विनोद भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको व्यवस्थापक भट्टराईले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.