डोटीमा जिप दुर्घटना : ८ जना घाइते, दुईको अवस्था गम्भिर

डोटी : डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ तेलपारामा सु.प.प्र ०१००१ १३३४ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोला कुमार भट्ट ले दिएको जानकारी अनुसार दुर्घटना परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर छ । गम्भीर घाइते दुवै जनालाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याइएको छ ।
अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रण लिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.