धनगढीका मेयर हमालले गरे नगर विकास समिति अध्यक्षको पदभार ग्रहण
धनगढी : धनगढीका नगरप्रमुख गोपाल हमालले नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन्। मंगलबार हमालले पदभारग्रहण गरेका हुन् ।
नगर विकास ऐनअनुसार नगरप्रमुख नगर विकास समितिको अध्यक्ष हुने प्रावधान रहेको छ भने समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।