अवको १० महिना भित्र लालपुर्जा वितरण हुन्छ : मेयर भट्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने दावी गरेका छन् । बुधबार नेपाल मानव धर्म सेवा समितिले अत्तरियामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले तपाईहरुलाई लालपुर्जाको पनि खाँचो छ त्यसका लागि मैले काठमाण्डौंबाट टोली मगाएको छु’ मेयर भट्टले भने ‘भूमी आयोगको टोलीले गोदावरीमा आएको हो । मैले टोलीलाई सबैभन्दा पहिले गोदावरीबाट काम सुरु गर्न अनुरोध गरेको छु । ३ बर्ष भित्रमा सबैको हातमा लालपुर्जा दिनुपर्ने सरकारले लक्ष्य लिएको छ । तर, गोदावरीका दाजुभाइ दिदीबहिनीलाई १० महिना भित्र पुर्जा दिने छु भन्ने आट गरेको छु ।’
स्थानीय निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक धार्मीक कार्यक्रममा उपस्थित भएका मेयर भट्टले धार्मीक कार्यक्रमले आचरण सुधार र संस्कारी बनाउने उनले बताए । उनले आफूले नगरपालिकाबाट नेपाल मानव धर्म सेवा समितिलाई सक्दो सहयोग गर्ने बताए । दुर्गा लक्ष्मी बहुमुखि क्याम्पस संचालनको अनुभव सुनाउँदै उनले सार्वजनिक संस्था संचालन गर्न पनि निकै चुनौतिपूर्ण भएको बताए ।

बुधबार देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जेठ २४ गते सम्म संचालन हुने छ । नेपाल मानव धर्म सेवा समितिको आश्रमको भौतिक संरचना निर्माणका लागि आयोजना गरिएको श्रीमद्घागवत सप्ताह ज्ञान महायज्ञमा बाल ब्यास पंं श्री कपिल देव चालिसले भगवत कथा बाचन गर्ने महायज्ञ मुल समारोह समितिका अध्यक्ष राम बहादुर रिमालले जानकारी दिएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.