संघीय सरकाले गोदावारी नगरपालिकालाई ६१ करोड ८० लाख रुपैयाँ छुट्यायो अनुदान
अत्तरिया : संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघीय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो । यस्तै प्रदेशको अस्थायी राजधानी भएको गोदावरी नगरपालिकालाई ६१ करोड ८९ लाख रुपैयाँ अनुदान छुट्याएको छ ।
चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो । यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान पाउने छ । सुर्माका लागि संघीय सरकारले १८ करोड अनुदान विनियोजन गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि ४ खर्ब रुपैयाँ २९ अर्ब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
