पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँ घट्यो, ग्यासकाे यथावत्

अत्तरिया, १९ जेठ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १०\१० रुपैयाँ घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्धनको रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । मूल्य घटेसँगै अब पेट्रोल लिटरको १७० र डिजल\मट्टितेल लिटरको १५३ रुपैयाँमा झरेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.