शनिबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय
काठमाडौं : गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। शनिबार सार्वजनिक विदा हुने भएपनि गृहले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
मन्त्रालयले रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।