चुरे गाउँपालिकामा बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ

धनगढी : कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन्।

जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.