गेटा मेडिकल कलेज मोडालिटि बारे छलफल : विश्वविद्यालय नै उपयुक्त हुनेमा जोड

अत्तरिया, २० जेठ : कैलालीको गोदावरी नगरपालिका–५ मा निर्माणाधिन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय नै उपयुक्त हुने सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम मातहत भन्दा विश्वविद्यालय नै उपयुक्त हुने शुक्रबार धनगढीमा भएको छलफलमा जोड दिएका हुन् । यहाँको आवश्कता र औचित्यका आधारमा मोडालिटी तयार हुनुपर्ने सहभागिहरुको जोड रहेको थियो ।
गेटा मेडिकल कलेज सञ्चालन मोडालिटि सम्बन्धी विज्ञहरुसंग भएको अन्र्तक्रियामा यस्तो जोड दिएका हुन् । कार्यक्रम गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समितिको आयोजनामा भएको हो । कार्यक्रम सहभागि चिकित्सक डा. गणेशबहादुर सिंहले सुदूरपश्चिम विश्व विद्यालय मातहातमा ल्याउनु भन्दा पनि आफैमा स्वयत्त हुनुपर्ने बताए । ‘सुरु देखि नै गेटा लाई प्रतिष्ठान बनाउने कुरा थियो । तर, मलाई मेरो व्यक्तिगत रुपमा भन्नुहुन्छ भने विश्वविद्यालय नै उपयुक्त हुन्छ ।’ उनले अस्पताल सञ्चालन भने अहिले नै सुरु गर्नुपर्ने सुझाए ।
कार्यक्रमका सहभागिले गेटा मेडिकल कलेजका सवालमा एकजुट हुन आवश्यक रहेको बताए । सरकारले सुदूरपश्चिमवासीलाई पटक–पटक धोका दिएको सह–प्राध्यापक खेमराज पन्तले बताए । ‘पहिलो पटक होइन, दोस्रो पटक धोका दिएको छ’, उनले भने । ‘कानुनमा एक मेडिकल कलेजको व्यवस्था हुँदा हुँदै पनि वेवास्ता भएको छ ।’
विश्वविद्यालय÷प्रतिष्ठान जे भए पनि सञ्चालनमा आउनु ठूलो कुरा भएको इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खड्कराज जोशीले बताए । ‘मोडालिटि जे भए पनि सञ्चालनमा आउनु पर्यो’, उनले भने । ‘त्यसका लागि यहाँका नागरिकहरु एकजुट हुन आवश्यक रहेको छ ।’
यस्तै कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले पनि सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत सञ्चालन नहुने दोहोर्ए । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक राजेन्द्रविर चन्दले सम्पूर्ण नागरिकहरु एक जुट भएर अस्पतालमा सेवा तत्काल सुरुहुनुपर्नेमा जोड दिए । ‘मेडिकल कलेजबाट विकास गरेर विश्वविद्यालयमा जानुपर्दछ’, उनले भने । ‘विश्वविद्यालयका लागि अहिले नै सुरुवात हुनेवाला छैन् ।’
कार्यक्रममा चिकित्सक खगेन्द्र भट्टले सुदूरपश्चिम विश्वविद्यालय सम्बन्धनमा सञ्चालनमा समस्या आउन सक्ने बताए । गेटा मेडिकल कलेजलाई मेडिकल युनि बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नास्त कलेज धनगढीका प्राचार्य शिवहरी मुडभरीले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय सञ्चालन गर्न नक्सक्ने बताए ।
यस्तै चिकित्सक प्रदिप मिश्रले गेटा मेडिकल कलेज लाई विश्वविद्यलयको मोडालिटिमा लिनुपर्ने बताए । उनले तत्कालका लागि ३ सय बेडको अस्पताल भने सञ्चालन गर्नुपर्ने बताए । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा ‘कैलालीको गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै रकम विनियोजन नगरेको र सञ्चालनको जिम्मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दिने घोषणा’ गरेपछि सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा विरोध भईरहेको छ ।सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यको बुँदा १७० मा भनिएको छ– बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पताल तथा गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइने छ ।
त्यस्तै, सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमको बुँदा १०८ मा भनिएको छ– प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज÷प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ ।
करिब साढे ४ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ७ सय बेडका दुई वटा अस्पताल भवन तथा अन्य ठूला साना ३५ वटा भवन निर्माण भइसकेको यो संस्था चाँडो सञ्चालनमा आउला भन्ने कैलालीसहित सुदूरपश्चिमेली हरुको माग रहेको छ ।
२०५६\0५७ सालतिरबाट चर्चा सुरु भएको र २०६७\६८ सालतिरबाट निर्माण प्रक्रिया अघि बढेको भए पनि अहिलेसम्म गेटा मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले कुनै ठोस नीतिगत प्रबन्ध गरेको छैन ।
२०५६\0५७ सालमा भारतको काञ्चिकामकोटी पीठका जगतगुरु जयन्द्र सरस्वती शङ्कराचार्य नेपाल भ्रमणमा आएका बेला उनले कैलालीको गेटामा ‘शङ्कराचार्य आयुर्विज्ञान प्रतिष्ठान’ को शिलान्यास गरेका थिए । उनकै लगानीमा केही संरचना पनि बन्यो, तर त्यसपछिका दिनमा त्यो चर्चा सेलायो ।
२०६३ मा कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिम महोत्सवको सन्दर्भ पारेर सरकारसामु ‘सुदूरपश्चिमको समृद्धिका लागि २१ बुँदे माग’ प्रस्तुत गर्दा गेटा मेडिकल कलेजलाई प्राथमिकताका साथ समावेश गरिएको थियो । निरन्तरको दबाबपछि सरकारले आर्थिक वर्ष २०६७÷६८ को बजेटमा थोरै बजेट विनियोजन ग¥यो । पहिलो संविधानसभाको अन्त्यतिर यसलाई ‘दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का रूपमा अघि बढाउन विधेयक मस्यौदा गरियो । तर सदन विघटनसँगै यो विधेयक अलपत्र प-यो ।
आर्थिक वर्ष २०७३\0७४ मा नेपाल सरकारको बजेटमा भनिएको थियो– कैलालीको गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण र सञ्चालनका लागि ४८ करोड रुपैयाँ छुट्याएको छु ।
स्थानीय, स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञहरू सबै सकेसम्म गेटालाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने र यदि तत्काल सम्भव नभए कम्तीमा स्वायत्त संस्थाका रुपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने बताउँदै आएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि अत्तरियामा गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेय भन्छन– ‘हामी मेडिकल विश्वविद्यालय नै हुनुपर्छ भनिरहेका छौँ । सम्भव भएन भने कम्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनैपर्छ ।’
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा पनि मेडिकल कलेज छैन । न त जटिल खालको रोग लाग्दा उपचारका लागि काठमाडौँ, नेपालगन्ज, चितवन वा भारतका अस्पताल धाउनुपर्ने बाध्यता नै हटेको छ । शुक्रबार धनगढीमा भएको छलफ तथा अन्र्तक्रिया कार्यक्रममा अत्तरिया गठित संघर्ष समितिका उप–संयोजक आनन्द भट्ट लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.