अग्नी संवाददाता
अत्तरिया, २१ जेठ : कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरमा शाखा विस्तार गरेको हो ।
शाखाको शनिबार सुदूरपश्चिम प्रदेशका पुर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले एक कार्यक्रमका बीच उद्घाटन गरे । संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणी प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद भाट समेत सहभागि भएका थिए ।
संस्थाका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव विमल जोशीले गरेका थिए । कार्यक्रममा संस्थाका कार्यालय प्रमुख महेन्द्रबहादुर शाहीले संस्थाको बारेमा प्रकाश गरेका हुन् । हिमशिखरको कैलालीको कैलारी गाउँपालिका, गोदावारी नगरपालिकामा समेत शाखा विस्तार भईसकेको छ ।
सम्बन्धित पाेस्टहरु