बैतडीका जनप्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेटे

बैतडी : बैतडीको पाटन नगरपालिका र मेलौली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेका छन् । पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रुमख कमलसिंह बोहरा, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द (भुकम्प) लगायतका जनप्रतिनिसधहरुले प्रधानमन्त्री देउवासंग शनिबार भेटघाट गरेका छन् ।

भेटका अवसरमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले पाटन नयाँ शहर आयोजनाको कामलाई तिव्रता दिने बिषयमा छलफल गरेका छन् । यस्तै मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द (भुकम्प) ले मेलौलीमा विद्युतीकरणको कामका बिषयमा छलफल गरेका छन् । मेलौलीमा ठेकेदारको लापरवाहीका कारण विद्युतीकरणको काम अघि बढ्न नसकेको बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

स्थानीय सरकारका समस्याका बारेमा संघीय सरकारले गम्भीरताका साथ लिएको भन्दै प्रधानमन्त्री देउवाले जनताका हितमा काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका भेटमा सहभागी पाटन नगरकार्यपालिकाका सदस्य रमेश कोलीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.