स्थानीय जागरुक नभए जंगल सखाप हुन्छ : मन्त्री धामी

अत्तरिया : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले वन तथा बातावरण बचाउन स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताए । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका –२ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री धामीलेयस्तो बताएका हुन् ।

कैलालीको अत्तरिया क्षेत्रको वन अतिक्रमणमा यस क्षेत्रका व्यपारी, नेतादेखि टाठाबाठा सामाजिक अगुवाको सहभागिता रहेको भन्दै उनले भने– ‘वन अतिक्रमणलाई निमिट्यान्न पार्न यस क्षेत्रका युवा, महिला दिदीबहिनी जागरुक हुनु भएन भने जंगल सखाप हुन्छ ।’

‘वन अतिक्रमण गरी वातावरण विनास गर्न सबैजसो ठाउँमा त्यहाँका भद्र भलादमीको सहभागिता देखिन्छ । ठूला व्यवसायीको सहभागिता देखिन्छ । ठूला प्रतिष्ठित व्यक्तिको सहभागिता देखिन्छ । केही ठाउँमा पत्रकारको पनि सहभागिता हुनेगरेका छ, यहाँ पनि यस्तै छ’, उनले भने ।

मन्त्री धामीले कैलालीको गोदावरी नगर क्षेत्रमा व्यापक वन अतिक्रम भएको र एक सामुदायिक वन नै गायव भएको बताए । सामुदायिक वनहरु अहिले समस्यामा परिरहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.